बुटवल, साउन ४  रुपन्देहीमा प्रहरीले नक्कली ठूलो परिमाणमा मह बरामद गरेको छ । प्रहरी चौकी देवदहका अनुसार देवदह ८ शितलनगरमा रहेको क्रिकेट खेल मैदान नजिकैबाट झण्डै सात क्वीन्टल नक्कली मह बरामद भएको हो ।
उमालेको चिनी पानीमा नक्कली महका चाका राखेर बेच्नका लागि तयार गरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । नक्कली मह बनाउने काममा संलग्नहरु भने फरार भएका छन् ।

Post a Comment

 
Top