खोटाङ, साउन ४– चट्याङ लागेर खोटाङमा एक युवकको ज्यान गएको छ । आइतबार बेलुका पानीसँगै परेको चट्याङले लाग्दा दुर्छिम–४ चुमाखुका १८ वर्षका एबिन्द्र राईको घट्नास्थलमै ज्यान गएको हो ।
हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्रांगणमा पुगेकाबेला राईलाई चट्याङ लागेको स्थानीय तामन राईले जानकारी दिनुभयो । एबिन्द्रसँगै रहेका दुर्छिम–४ का २८ वर्षका युवराज राई र ३२ वर्षका टंकबहादुर राई घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

Post a Comment

 
Top