काठमाडौं,
असार २८ -
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको मस्यौदामा जनताको सुझाव
लिने कामलाई बहिष्कार गर्ने जनाएको छ । पार्टी संसदीय दलको सोमबार बसेको
बैठकले सुझाव संकलनको कामलाई नाटकको संज्ञा दिएको छ ।
सुझाव संकलनका लागि छुट्याइएको छोटो अवधि र हतारले जनताले दिएको सुझाव
भावी संविधानमा कुनै स्थान नपाउने संभावना नरहेकाले त्यसमा सहभागिताको कुनै
अर्थ नहुने बैठकको निष्कर्ष रहेको सह प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले संविधानसभालाई रबर स्टाम्पको रुपमा प्रयोग गरिएको, संविधानका
अन्तर्वस्तुहरुमा प्रयाप्त छलफल हुन नदिइएको, नियमावली निलम्बन, संविधान
मिच्ने र सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गरी मस्यौदा तयार
गरिएकोमा बिरोध जनाएको छ ।
प्रक्रिया र मस्यौदाप्रति सैद्धान्तिक असहमति जनाउँदै उक्त दलले सुझाव
संकलनका लािग कम्तीमा एक महिनाको अवधि कायम गरिनुपर्ने माग गर्दै
संविधानसभाको बैठकमा हतारमा सुझाव संकलन कार्यको विपक्षमा मतदान गरेको थियो
।
संसदीय दलको बैठकपछि जारी प्रेस विज्ञप्तीमा सुझाव संकलनका निमित्त साउन ५
र ६ गते जम्मा तीन घण्टा समय छुट्याएकोबाट त्यसले जनताको आँखामा छारो
हाल्ने नाटक मात्र रचिएको स्पष्ट भएको उल्लेख गरिएको छ । वर्षाको समय र
खेतीपातीको मध्य मौसममा निर्वाचन क्षेत्रको एक स्थानमा मात्र जनमत संकलनको
कार्यक्रम राखिएकोबाट जनताको उत्साहपूर्ण सहभागितन नहुने उक्त पार्टीको
निष्कर्ष रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment