नवलपरासी, साउन ३ – पूर्व पश्चिमराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटमा गाडीको ठक्करबाट एक जना ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार नारायणघाटबाट बुटवलका लागि छुटेको बा ३ ख १००४ नम्बरको हायस गाडीको ठक्करबाट  बर्दघाट–२ चिसापानीकी १८ वर्षकी अस्मिता भुजेलको ज्यान गएको हो ।
गाडीको ठक्करबाट घाइते भएकी भुजेलको उपचारको क्रममा  चितवनको भरतपुरमा ज्यान गएको हो । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top