पर्वत, साउन ३ – भूकम्पले धराप बनेको पहाड खस्दा पर्वतका ५० घर परिवार विस्थापित भएका छन् । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १ मा पर्ने नुवारा डाँडो खस्दा कालिगण्डकी किरानमा बस्दै आएका ५० घर परिवार सुकुम्बासी विस्थापित भएका हुन् । 

डाँडो खस्दा मालढुंगा बेनी सडकखण्ड पनि अबरुद्ध छ ।  यो सडकखण्डमा बाटो अबरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जाने यात्रुबीच बाटोमै अलपत्र परेका छन् । 

Post a Comment

 
Top