भोजपुर, असार २१ – भोजपुरबाट धरानका लागि छुटेको यात्रुवाहक बस भैसीपंखाको गजुरमुखी भीर छेउमा पल्टिएको छ । धरान जाँदै गरेको ना ४ ख ५०५७ नम्बरको हिमाल तराई यातायातको बस ब्रेक फेल भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा यात्रुहरु भने सबै सकुशल छन् । प्रहरीले चालक कर्ण श्रेष्ठ र सहचालक जनार्दन काफ्लेलाई पक्राउ गरेको छ । बस पल्टिएपछि साँघुरो सडक भएकाले यातायात अवरुद्ध भएको छ ।
साभार : उज्यालोअनलाईन 

Post a Comment

 
Top