काठमाडौं, असार २१ – सोमबार बिहान
भूकम्पको पराकम्प गएको छ । बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्र
बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन
केन्द्रले जनाएको छ ।
यो सोमबार गएको एक मात्र पराकम्प हो ।
यसअघि आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा दोलखानै केन्द्र बनाएर ४ दशमलव २
रेक्टर स्केलको पराकम्प गएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र
बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प
गैरहेका छन् । ठुलो भूकम्प गएपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत
भने रहन केन्द्रले आग्रह गरेको छ ।
Post a Comment