महोत्तरी, असार २४ - महोत्तरीको सरपल्लोमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । सरपल्लो–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बुधबार बेलुका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सरपल्लो–१ स्थित आफ्नो आपको फूलबारीमा बसिरहेको महतोले खेतबाट बुबालाई खाजा दिएर आउँदै गरेकी बालिकालाई जबर्जस्ती तानेर फूलबारीमै रहेको गोठमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार बेलुका नै महतोलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top