कालिकोट, असार २४ – कालिकोटमा एम्बुलेन्सको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । नेपाल रेड्क्रस सोसाइटी शाखा कार्यालय कालिकोटको बा ६ च ३४८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा कालिकोट जिल्लाको नानिकोट–३ नुवाघर स्थायी घर भइ अहिले मान्मा बजारमा बस्दै आएका धर्मराज बोहोराकी ४ वर्षकी छोरी आशीका बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ ।
बाटो काट्नेक्रममा एम्बुलेन्सले ठक्कर दिँदा पुरानो बसपार्क नजीकै बालिकाको ज्यान गएको हो । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

Post a Comment

 
Top