विराटनगर, साउन १ – पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पुर्‍याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम अबको पाँच वर्षभित्र पूरा हुने बताउनुभएको छ ।
भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यतकीयस्थल तथा मठ मन्दिरको अबको दुईदेखि पाँच वर्षभित्र पुनःनिर्माण गरेर पहिलेकै अवस्थामा पु¥याउने मन्त्री शेर्पाको भनाई छ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री शेर्पाले बजेटमा विनियोजन भएको एक खर्ब ८० अर्ब बजेट भूकम्पबाट क्षति भएका विभिन्न साँस्कृतिक महत्व बोकाकेका मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको पुनर्निर्माणमा खर्च हुने बताउनुभयो ।
भूकम्पको कारण तहसनहस भएको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेकोले अबका केही समयपछि पर्यटकहरु नेपाल आउने वातावरण राम्रो हुने उहाँको दावी छ ।

Post a Comment

 
Top