२८ असार, काठमाडौं । भारतले आफ्नो देशको औपचारिक भ्रमणका लागि बहालवाला प्रधानमन्त्रीलाई नबोलाएर किन पूर्वप्रधानमन्त्रीलाई बोलाएको हो ? भन्ने प्रश्नको उत्तर खोज्न बालुवाटारमा दिनहुँजसो छलफल हुन थालेको छ । औपचारिक विदेश भ्रमण नगरी विदाई हुने मुलुककको एकमात्र प्रधानमन्त्रीको सूचीमा सुशील कोइरालाको नाम दर्ज हुन लागेका काण पूर्व प्रधानमन्त्रीहरुको प्रस्तावित भारत भ्रमणको कारण र रहस्यबारे प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँजसो छलफल हुने गरेको हो । पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेता भारतको निमन्त्रणामा दिल्ली जाँदैछन् । प्रधानमन्त्री कोइरालाले राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायत विभिन्न व्यक्तिहरुलाई प्रयोग गरेर जेठको अन्तिम साता भारतको भ्रमण गर्ने चाँजोपाँजो मिलाएका थिए । तर, भ्रमण टोलीमा प्रधानमन्त्रीका निजी सचिवालयका सीआइडीहरुसमेत संलग्न हुने सूचना पाएपछि भारतले उक्त भ्रमण रद्द गरिदिएको थियो । भूकम्पका बेला भारतले गरेको सहयोगको उल्टो प्रचार गराउन निजी सचिवालयले भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असन्तुष्ट र निराश भएका थिए । आजको साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

 
Top