72 काठमाडौं, असार २८– प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालासहितका चार दलका शीर्ष नेता आज झापा पुगेका छन् । आज मध्यान्ह प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पुगेका हुन् । उनीहरु भद्रपुर नगरपालिका–१० मा बन्ने गिरिजाप्रसाद स्मृति सभागृहको शिलान्यासको लागि त्यहाँ पुगेको बताइएको छ । सो सभागृहको चारै नेताले संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम छ । जिल्ला विकास समितिले १६ करोडको लागतमा सभागृह निर्माण कार्य ३ वर्षभित्र सक्ने लक्ष्य राखेको छ ।
साभार : रातो पाटी

Post a Comment

 
Top