असार २९ – ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपाल अयरल्याण्डसँग पराजित भएको छ । प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा नेपाल आएरल्याण्ड सँग ८ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १४ दशमलब ३ ओभरमा मात्र ५३ रनमा अल आउट भयो । नेपालका लागि सागर पुनले २० र कप्तान पारस खड्काले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । 
जवाफमा ५४ रनको लक्ष्य लिएर मैदान उत्रेको आएरल्याण्डले ८ ओभरमा २ विकेट गुमाउँदै जित हात पार्यो । आएरल्याण्डका पउल स्ट्रलिङले २९ र विलियम पोटरफिल्डले १८ रन बनाए । 
नेपालका सोमपाल कामीले २ विकेट लिएपनि अन्य वलर सफल हुन सकेनन् । हारपछि नेपाल ३ खेलमा ३ अंक जोड्दै समुह ए को चौथो स्थानमा रहेको छ । खेलेका ३ खेलमै जित हात पारेको आएरल्याण्ड भने ६ अंकका साथ समुह ए को शीर्ष स्थानमा रहेको छ ।  

Post a Comment

 
Top