झापा, असार २९ - सर्वसाधारणले सहजै आयुर्वेद स्वास्थ्य सेवा लिन सकुन् भन्ने उद्देश्यले झापाका दुई स्थानमा सोमबार दुईवटा आयुर्वेद औषधालयको स्थापना गरिएको छ । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शरणामति गाविसमा स्थापना गरिएको आयुर्वेद औषधालयको उद्घाटन गर्नुभयो भने चकचकी गाविसमा गरिएको आयुर्वेद औषधालयको उद्घाटन आयुर्वेद विभागका महानिर्देशक डा देवकला भण्डारीले गर्नुभयो ।
योसँगै झापामा आयुर्वेद औषधालयको सङ्ख्या पाँचवटा पुगेको जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चन्द्रगढीका प्रमुख डा. सूर्यनारायण मेहताले जानकारी दिनुभयो । शरणामति र चकचकीमा स्थापना भएका आयुर्वेद औषधालयमा एक/एक जना कविराज एक/एक जना वैद्य र दुई/दुई जना कार्यालय सहयोगी रहने बताइएको छ । रासस

Post a Comment

 
Top