महेन्द्रनगर, असार ३१ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाषीमा एक युवकको घरको छतबाट खसेर ज्यान गएको छ । राती छतमा सुतिरहेका ३५ वर्षका पवन सिंह साकीको छतबाट खसेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिनुभयो ।


साकी डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल  भीमदत्त नगरपालिका–१ भाषीमा डेरा गरी बस्दै आउनुभएको थियो । भीमदत्तनगरमा आर्टको काम गर्दै आएका मृतक साकीको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top