काठमाडौं, साउन १ – दुई दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबारदेखि कमजोर हुने मौसमविदले बताएका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा ठूलो वर्षा गराइरहेको जलवाष्पयुक्त हावा कमजोर हुँदै गएकाले बेलुकादेखि कम पानी पर्नेछ ।
तर देशका विभिन्न ठाउँमा सामान्यतया वर्षा भने हुने महाशाखाले जनाएको छ । बितेको २४ घण्टामा पोखरामा सबैभन्दा भन्दा धेरै ३ सय ५ दशमलव ४ मिलिमिटर पानी परेको छ ।
यसैगरी नेपालगञ्जमा २ सय ४३ दशमलव ३ मिलिमिटर, धनगढीमा १ सय १९ दशमलव २ मिलिमिटर र भैरहवामा १ सय १७ दशमलव १ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

Post a Comment

 
Top