प्रतियोगिताको समुह चरणका चार खेल
सकिँदासम्म पनि आफूहरुले खेलको लय समात्न नसकेकाले क्षमता अनुसारको
प्रदर्शन गर्न नसकेको बताएका हुन् । क्रिकेट सम्बन्धी वेवसाइट इएसपिएन
क्रिकइन्फोलाई दिएको अन्तर्वातामा कप्तान पारसले अबका खेलमा आफूहरुले
राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘खेल
हो यसमा तल माथि भैरहन्छ, तर हामीले हाम्रो क्षमता अनुसारको खेल मैदानमा
खेल्न सकिरहेका छैनौं’ उनले भने ‘अबका खेलमा हामी लय समात्दै राम्रो
प्रदर्शन गर्नेमा आशावादी छौं ।’ समुह एमा रहेको नेपाल समुह चरणको चार खेल
सकिँदासम्म तीन अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।
प्रतियोगितामा सहभागी सबै १४ टिम सन् २०१६
मा भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा स्थान बाउन संघर्षरत रहेको
पारसले बताए । नेपाली टिमले पनि विश्वकपको यात्रा तय गर्नका लागि संघर्ष
गरिरहेको उनले बताए ।
प्रतियोगिताका सबै खेल, सबै ओभर र बल उतिकै
महत्वपूर्ण रहेको पारसको भनाई छ । ‘अबको खेलमा हामी उभिने छौं, मैदानमा
राम्रो प्रदर्शन गर्ने छौं’ उनले थपे ‘कप्तानको रुपमा म सबैलाई आत्मबलका
साथ राम्रो खेल्ने हौसला प्रदान गर्न लागिरहेको छु ।’

Post a Comment