काठमाडौं, असार २८ – आँखाको समस्याबाट बच्न वर्षमा एक पटक मात्रै भएपनि आँखा जाँच गराउन डाक्टरले सल्लाह दिएका छन् । आँखामा कुनै समस्या नदेखिएपनि ४० वर्ष नाघेपछि जाँच गराउनुपर्ने आँखा अस्पताल त्रिपुरेश्वरका डा. इन्दुप्रसाद ढुंगेलले बताउनुभयो ।
४० वर्ष अघिसम्म आँखामा कुनै समस्या नआएका व्यक्तिले त्यसपछि भने हरेक वर्षमा लगातार जाँच गराउनु पर्ने उहाँको भनाई छ । उहाँका अनुसार कुनै स्वास्थ्य समस्या भएका बिरामीले औषधि खाइरहेको भए त्यस्ता व्यक्तिले भने आँखाको जाँच गराइहाल्नुपर्छ ।
औषधिको प्रतिक्रिया सबैभन्दा पहिले आँखामा देखिने भएकाले औषधि खाएको ३ वा ६ महिना अथवा डाक्टरको सल्लाह अनुसार जँचाउनुपर्ने डा. ढुंगेलको भनाई छ । उहाँका अनुसार मधुमेह र रक्तचापका बिरामीले अनिवार्य आँखाको जाँच गराउनुपर्छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top