झापा, असार २८ – झापाको तोपगाँछीमा आइतबार राति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।  ना ३ ख ६२९० नम्बरको ट्रकमा  को ४ प ३९९३ नम्बरको मोटराइकल ठोक्किँदा दुई जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा लाइफ लाइन अस्पताल दमकमा ज्यान गएको हो ।

Post a Comment

 
Top