नवलपरासी, साउन १ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार काठमाडौंबाट दाङका लागि छुटेको  ना ४ ख ५१४३ नम्बरको रात्रीबस र विपरित दिशाबाट आएको युपी ३२ डिएन ८५४ नम्बरको भारतीय ट्रकसँग ठोक्किँदा ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कावासोतिका डिएसपी परशुराम तिवारीले जानकारी दिनुभयो  । ज्यान जानेमा चार जना महिला र चार जना पुरुष छन् । उनीहरुको नाम र ठेगाना खुलेको छैन । ज्यान गुमाउने सबै गाडीका यात्रु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराही नगरपालिका–५ का २७ वर्षका शरणनरेश नेपाली, नवलपरासीको कावासोति–२ की सुस्मिता ढकाल, रुपन्देही हात्तिफर्साटिक–८ का ३० वर्षका गोपाल रेग्मी, दाङ बिजौरी–३ का सुभाष नेपाली, गोर्खा घ्यालचोकका २७ वर्षका विनोद अधिकारी, चितवन भरतपुर–२ का ४५ वर्षका एक बहादुर खत्री र ट्रक चालक भारत देवरीया कंचनपुर गाउँ उत्तर प्रदेशका ५१ वर्षका ब्यास शर्मा रहेको  प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्ने सक्ने आशंका गरिएको छ । ज्यान गुमाएका ८ जनाको नाम ठेगाना खुल्न सकेको छैन । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाई भएको प्रहरीले  जनाएको छ ।

Post a Comment

 
Top