साउन ३ – पहिलो इनिङमा २ सय ५४ रनको अग्रता लिएपछि अष्ट्रेलिया एसेज सिरिजको दोश्रो टेष्टमा बलियो स्थितिमा पुगेको छ । बेलायतको लड्मा जारी टेष्टमा पहिलो इनिङमा ५ सय ६६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको अष्ट्रेलियाले घरेलु टोली इग्ल्याण्डलाई मात्र ३ सय १२ रनमा अल आउट गर्यो ।

स्टेभन स्मिथले २ सय १५ र क्रिस रोजर्सले १ सय ७३ रन प्रहार गरेपछि अष्ट्रेलियाले ८ विकेट गुमाउँदै ५ सय ६६ रन बनाए पहिलो इनिङ समाप्त गरेको घोषणा गरेको थियो । जवाफमा घरेलु टोली ईंग्ल्याण्ड मात्र ३ सय १२ रनमा अल आउँट भयो । ईंग्ल्याण्डका कप्तान एलेस्टर कुकले ९६, वेन स्टोकले ८७ र मोइन अलीले ३९ रन बनाउन बाहेक अन्य इङलिस ब्याट्समेले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका लागि जोस हेजलउड र मिचेल जोस्नले मसानन ३–३ र मिचेल मार्सले १ विकेट लिए ।
पहिलो इनिङमा २ सय ५४ रनको अग्रता लिएको अष्ट्रेलियाले दोश्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । तेश्रो दिनको खेलको समाप्ति सँगै अष्ट्रेलिायले विना क्षति १ सय ८ रन बनाएको छ । अष्ट्रेलियाका डेविड वार्नर ६० र क्रिस रोजर्स ४४ रनमा खेलिरहेका छन् । अब अष्ट्रेलियाले पाँचौ दिन १ सय ८ रन बाट अघि खेल्नेछ । चौथो दिन अष्ट्र्रेलियाका क्रिस रोजर्सले सुरुवाती ब्याटिङ गर्नेछन् । चौथो दिनको खेलको समाप्तिसँगै अष्ट्रेलियाले ३ सय ६२ रनको अग्रता लिइसकेको छ । पहिलो टेष्ट ईंग्ल्याण्डले जित्दै सिरिजमा १–० को अग्रता लिइसकेको छ । 

Post a Comment

 
Top