२ साउन, मोरङ । मोरङको उर्लाबारीमा एकको हत्या भएको छ । शुक्रबार साँझ केशव थापा मगरले आफ्नै श्रीमती ५० वर्षकी देवीमायालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

Thapa-magarउर्लाबारीमा सब्जी व्यापार गर्ने उनीहरुबीच दिउँसैदेखि विवाद भएको स्थानीयबासीले बताएका छन् ।
केशवले देवीमायालाई घाँटीमा प्रहार गरेको र घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । मृतक देवीमायाको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र उर्लाबारीमा राखिएको छ ।
श्रीमतीको हत्या गरेपछि केशवले आफुलाई पनि पेटमा खुकुरी प्रहार गरेका थिए । आफैले हानेको खुकुरीले गम्भिर घाईते केशवलाई अहिले उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top