बारा, साउन ३ – बाराको महागढीमाईमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । महागढीमाइ–१ बरियारपुरका २७ वर्षका असलम मियाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरियारपुरकै रामबाबु साहको घरमा पलास्टर गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका  मियालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

Post a Comment

 
Top