काठमाडौं, साउन ३ - नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय खेलुकद परिषद्(राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई आइतबार स्वागत गरेको छ । मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष अजय फुयाल र निर्वतमान अध्यक्ष निरञ्जन राजवंशीले सदस्य सचिव विष्टलाई स्वागत गर्नुभएको थियो । 

सदस्य सचिव विष्टले पत्रकारिता क्षेत्रलाई आफुले मोनिटरका रुपमा लिने गरेको उल्लेख गर्दै त्यसलाई हेरेर आफुले गरेका राम्रा नराम्रा काम छुट्टाउने बताउनुभयो । ‘मेरो निकटकाले सबै राम्रो गर्नुभयो भन्लान् । विरोधीले मसँग भन्ने आट नगलार्न,’ विष्टले भन्नुभयो, ‘तर सञ्चारमाध्यमले जस्तो छ त्यस्तै प्रस्तुत गरिदिन्छ । त्यसकै आधारमा मलाई काममा सुधार गर्न र अघि बढ्न मद्दत पुग्छ ।’ 
खेलकुदलाई स्वर्णकाल बाउने लक्ष्यका साथ सपथ लिएको प्रसंग कोट्टाउँदै उहाँले आफू राखेप सदस्य सचिवका रुपमा खेलकुदमा फोटो झुन्ड्याउन मात्र नआएको बताउनुभयो । ‘खेलकुदमा धेरै चुनौति र समस्या छन् । समस्याको हल गरिनुपर्छ र गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘समस्याको समाधानका लागि प्रेसजगतको सहयोगको आवश्यकता पर्छ ।’
विष्टले आउने दुई तीन महिनामा खेल क्षेत्रमा आशा जागाउने कदम चाल्न लागेको बताउनुभयो । ‘खेलकुदमा ९० प्रतिशत विवाद व्यक्तिगत स्वार्थका कारण भएको छ । त्यसको अन्त्य गर्न आवश्यक छ । अहिले म सबैको विश्वास प्राप्त गर्ने काममा लागेको छु,’ उहाँले भन्नुभयो, ‘त्यसपछि व्यक्तिगत रुपमा कसैलाई घाटा नुहन सक्ला । विवाद भएका कराते, तेक्वान्दो, फुटबल, क्रिकेटमा केही परिवर्तन हुन सक्छ । हामीले समस्याको पहिचान गरिसकेका छौं ।’ एउटा गलत समाचारले बर्षौको मेहनतबाट प्राप्त प्रतिष्ठामा आच आउन सक्नेतर्फ संकेत गर्दै उहाँले आफ्ना बारेमा केही भ्रामक समाचार आएको गुनासो गर्नुभयो । सेपाकताक्रोको कार्यवहाक अध्यक्षका रुपमा १७ औं एसियाली खेलकुदमा टोली लिएर जाँदा खेलाडीलाई कोरियमा भगाएको आरोप उहाँमाथि लागेको छ । 
‘एसियाली खेलकुदमा मैले टोली लिएर जानुपर्‍यो । हामीले खेलाडीको निगरानी गर्दा गर्दै एक जना खेलाडी भागे । तर ३ जना भगाएको र त्यति बेला राखेपको सदस्य रहेको भन्ने गलत समाचार आए, त्यसले मन दुखेको छ ।’ उहाँले भन्नुभयो, ‘हाम्रो टोलीका एकजना खेलाडी भागेका हुन् । तर खेलाडीको आर्थिक अवस्थामा सुधार नभएसम्म आउने दिनमा पनि यस्ता घटना हुन सक्छन् ।’

Post a Comment

 
Top