उदयपुर, असार ३१ – शहरी विकास मन्त्री डा. नारायण खड्काले सबैको साझा स्वामित्व हुने खालको संविधान आउने बताउनु भएको छ । संविधानको मस्यौदा सुझाब संकलनका लागि गृह जिल्ला आएका खड्काले बिहीबार प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाटमा सबैको भावना समेटने गरी संविधान आउने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री खड्काले संविधान जारी गर्ने अन्तिम मिति साउन भएतापनि सबैको भावना समेटिने सहमतीय संविधान जारी गर्न केहि सयम पर सर्न सक्न समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कोशिस साउन भित्रै रहन्छ, गर्दा गर्दै केहि कुरा बाँकी रहेछ भने केहि दिन तलमाथि हुनसक्छ ।’

नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहनुभएका खड्काले प्रदेशको सिमांकनलाई केही समय थाती राखेर भएपनि नयाँ संविधान जारी गरेरै छाड्ने बताउनुभयो । ‘नेताप्रति जनताको जनविश्वास घट्न नदिन सबैभन्दा पहिला संविधान जारी गर्न आवश्यक छ, उहाँले भन्नुभयो, त्यसपछि मात्र प्रदेशको सिमांकनको टुङ्गो लग्छ ।’

Post a Comment

 
Top