सुनसरी, साउन २ – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले नयाँ प्रविधि तत्काल प्रयोगमा नल्याए स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीबाट नेपालीले मुक्ति पाउन कठिन पर्ने बताउनुभएको छ । धरानको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भित्र्याइएको नयाँ उपकरण डिआर मेसिनको उदघाटन गर्दै उहाँले आधुनिक प्रविधिको प्रयोगमा पछि रहेको बताउनुभयो ।

सरकारले गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याउन कदम चालिसकेको भन्दै उहाँले सामान्य रोगको लागि शहरबजार चहार्नुपर्ने अवस्था नआउने बताउनुभयो । प्रतिष्ठानका लागि स्वास्थ्य मन्त्रालयले पाँच करोड रुपैयाँमा डिजिटल रेडियोग्राफी मेसिन किनेको हो । 

Post a Comment

 
Top