नवलपरासी, असार ३१ – नवलपरासीमा छिमेकीसँगको झगडामा एकजनाको ज्यान गएको छ । देवगाव ४ देवगावमा सार्वजनिक खेल मैदानमा माटो मिलाउने बिषयलाई लिएर झगडा हुँदा छिमेकीको ढुङ्गा प्रहारबाट घाइते भएका ४५ बर्षका सुजमान यादवको ज्यान गएको हो ।

झगडामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । 
यसैगरी झगडामा संलग्न अन्य सातजना घाइतेको पृथ्वीचन्द अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले अन्य १५ जनालाई पक्राउ गरेको छ । 

Post a Comment

 
Top