नवलपरासी, साउन १ – पूर्वपश्चिम राजमार्ग 
अन्र्तगत नवलपरासीको दाउन्ने उकालोमा शुक्रबार विहान भएको दुर्घटनामा ज्यान
 गुमाउनेको संख्या ९ पुगेको छ । ५१४३ नम्बरको  बस र युपी ३२ डिएन ०८५४ 
नम्बरको भारतीय ट्रक ठेक्किँदा अरु ७ जना घाईते भएका छन् ।
उकालो चढ्दै गरेको बस र ओरालो झदै गरेको 
लोड ट्रक जुध्दा दाङ विजौरी–२ का जिवन खड्का, नवलपरासी कावासोती–८ की 
सुमित्रा लामा, उहाँकी ७ महिनाकी छोरी अंशु लामा , नवलपरासी वर्दघाट –६ का 
माईली लामा, दाङ त्रिभुवन नगरपालिका –२ का  गोविन्द वस्नेतको मात्र सनाखत 
भएको प्रहरीले जनाएको छ ।

Post a Comment