४ साउन, काठमाडौ । संविधानको मस्यौदाका बारेमा सुझाव संकलनको राजधानीमा आयोजित कार्यक्रममा राप्रपा नेपालले अवरोध सिर्जना गरेको छ । राजधानीको विभिन्न ठाउँमा आयोजित सुझाव संकलनको कार्यक्रममा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले अवरोध गरेको हो । काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजित सुझाव संकलन कार्यक्रममा प्रवेश गरी राप्रपा नेपालका कार्यकर्ताहरुले कार्यक्रम अवरोध गर्ने क्रममा सामान्य झडप समेत भएको छ । उनीहरुले कार्यक्रममा अवरोध गर्दै संविधानको मस्यौदासमेत जलाएका छन् । सुझाव संकलनको क्रममा तराईका विभिन्न ठाउँमा मधेसवादी दलले अवरोध सिर्जना गरेका छन् भने पश्चिम नेपालमा विप्लव तथा वैद्य माओवादीले मस्यौदा च्यात्ने र कार्यक्रम अवरोध सिर्जना गर्ने काम गरिरहेका छन् । सरकारले सोमबार र मंगलवार संविधानको मस्यौदा सुझावका लागि भन्दै सार्वजनिक विदा दिएको छ ।

Post a Comment

 
Top