४ साउन, भैरहवा । सविधानको प्रारम्भिक मस्यौदामाथि रुपन्देहीमा सुझाव संकलनका लागि तयारी पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताएका छन् । सभासदको नेतृत्वमा रहने टोलीले जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा पुगेर राय सुझाव लिँदैछन् । रुपन्देहीका प्रजिअ ढकालका अनुसार साउन ४ गते निर्वाचन क्षेत्र नं. १ को महामाया उच्च मा.वि भवानीपुरमा सुझाव संकलन हुने भएको छ भने । ५ गते राम नरेश उच्च मा.वि धकधईमा सुझाव संकलन हुनेछ । यस्तै निर्वाचन क्षेत्र नं. २ मा साउन ४ गते सिद्धार्थ उद्योग वाणिज्य सघंको हल भैरहवामा, क्षेत्र नं. ३ मा साउन ४ गते कृषि बिकास बैंकको क्षेत्रिय तालीम केन्द्र मंगलापुर र साउन ५ गते सौ फर्साटिकट मा. वि फर्साटिकटमा, क्षेत्र नं. ४ मा साउन ४ गते रुपन्देही ब्यापार सघंको हल बुटवलमा र ५ गते मुर्गीया क्षेत्रमा सुझाव संकलन गरिने जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै क्षेत्र नं ५ साउन ४ गते पशुपति उच्च मा.वि सालझण्डीमा र साउन ५ गते सुर्यपुरा मावि सुर्यपुरामा, क्षेत्र नं ६ मा साउन ४ गते मर्चवार आर्दश उच्च मा.वि मझगावा र क्षेत्र नं. ७ मा साउन ४ गते मधुवनी मा.वि लुम्बिनीमा सुझाव संकलन गर्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ढकालले बताए । निर्वाचन क्षेत्र नं. ४ को मुर्गिया क्षेत्रमा हुने सुझाव संकलन कार्यक्रम बिहान ७ बजेबाट हुने छ । भने अन्य सबै स्थानमा हुने बिहान ११ बजेबाट कार्यक्रमहरु सुरु हुने छन् । सुझाव सकंलनका लागि जिल्लाका सबै सभासदहरु आ आफ्नो क्षेत्रमा खटिने । भने सुझाव लिखित, मौखिक तथा श्रब्यदृश्य मार्फत दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधीकारी ढकालले बताए । जनताबाट प्राप्त सुझावहरु सोही दिन सविधानसभा सचिवालयमा पुर्‍याउनका लागि सचिवालयबाट छुट्टै कर्मचारी खटाइएको छ । यसबाहेक तीन दिनका लागि दैनिक पारिश्रमिक दिएर प्रत्येक केन्द्रका लागि ३/३ जनाको दरले कर्मचारी नियुक्त गरिने छ । उनीहरुले जनताबाट आएको सुझाव टिपोट गर्ने काम गर्ने छन् । सीमित रुपमा आएको सविधानको मस्यौदा प्रत्येक केन्द्रलाई २/२ सयका दरले पठाइएको प्रजिअ ढकालले जानकारी दिए । आज साउन ४ गते लुम्बिनी र सूर्यपूरा क्षेत्रमा सुझाव संकलनका क्रममा विरोध हुने स्रोतले जनाएको छ । यता रुपन्देही प्रहरीले पनि कडा सुरक्षाको साथ सर्तकर्ता अपनाएको जनाएको छ ।

Post a Comment

 
Top