‘विदेश गएको व्यक्तिले परिवारसँग सम्पर्क गरेन भने सबैको अनुमान एकै खालको हुन्छ, अर्को बिहे गर्यो या मोजमस्तीमा भुल्यो । तर सबैलाई कहाँ रमाइलो मात्रै छ र ?’ बाकबलले आफनो बाध्यता सुनाउनुभयो ‘अलिकति पैसा कमाउँला अनि बल्ल घर फर्कौंला भन्ने आशा गर्दा समय बितेको थाहै भएन ।’ असार २८ –  ‘साहुसँग ऋण काढेर विदेश गएको व्यक्तिले पैसा कमाउन नसकेपछि के भनेर जवाफ दिनु’ ८ वर्षदेखि परिवारसँग सम्पर्क नगरेका नवलपरासी देउराली–४ का रेवानसिहं बाकबलले सुनाउनुभयो ‘फोन गर्दा सञ्चो विसञ्चोपछि पैसाकै कुरा हुन्छ, अनि परिवारको सपना पनि । त्यसैले मलाइ सम्पर्क गर्नै मन लागेन ।’ 

चितवन भण्डाराका विकास कँडेलको बाध्यता पनि योभन्दा फरक छैन । विकास परिवारसँग सम्पर्क नै गर्न छोडेर मलेशियामै बसेका छन । ‘म एउटा छोरो कति दुःख गरेर मलाई बुबा आमाले बिदेश  पठाउनुभयो । मैले मलेशिया आएर केही गर्न सकिन, त्यसैले घरमा सम्पर्क गर्न छोडें ।’विकासले आफनो बाध्यता मलेशियाबाटै सुनाउनुभयो ।  
आप्रवासनको क्षेत्रमा काम गर्ने युवराज नेपालका अनुसार घर बिर्सेर मलेसियामा बिहे गर्नेको सङख्या अहिलेसम्म १ हजार छ । उतै केटी साथी बनाएर बस्ने र आफ्नो कमाई तिनै केटी साथीको देशमा पठाउनेको संख्या १० प्रतिशत छ । उहाँले विदेश गएका नेपाली परिवारसँग सम्पर्कमा आउनु नचाहनुको कारणबारे ५ वटा देशमा गरेको अध्ययनले धेरै जना घर परिवार र कमाइकै कारणले नफर्किएको देखाएको छ । 
‘केहीलाई घर फर्किने प्रक्रिया पनि थाहा छैन, त्यही भएर पनि उतै बसिरहेको पाइयो’ उहाँले भन्नुभयो ।  त्यस्तै अवैधानिक भएपछि नेपाल फर्किने झण्झटिलो प्रक्रिया, प्रहरीले पक्राउ गरिसकेपछि दूतावासले फर्काउँछ भन्ने नबुझ्दा पनि धेरै नेपाली विदेशमै बसिरहेका छन् ।
नवलपरासीका दिपक बिकको भने केही समय बस्दा पैसा कमाइहालिन्छ कि भन्ने सपनाले नै ९ वर्ष बित्यो । ९ वर्षपछि घर फर्किएका दिपकको भनाई छ , ‘घर परिवारलाई भेट्ने रहर त कसलाई हुँदैन र तर साहुसँग लिएको ऋण पनि तिर्न नसक्ने भएपछि कसरी फर्किने ।’

Post a Comment

 
Top