काठमाडौं, भूकम्प पीडितलाई तत्काल राहतका लागि १२ अर्ब रुपैयाँ बाँडिसकेको सरकारले जनाएको छ । १५ हजार रुपैंयाको दरले रकम बाँड्दा १२ अर्ब रुपैयाँ वितरण भैसकेको हो ।
भूकम्प प्रभावित सबै जिल्लामा रकम बाँडिएको सरकारले दाबी गरेको छ । तर कतिपय ठाउँका पीडितले भने अझै राहत रकम नपाएको गुनासो गरिरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार राहत नपाउने वास्तविक पीडितले राहतका लागि दाबी गर्न सक्नेछन् ।
भौगोलिक अवस्था र प्राविधिक कारणले केही पीडितको अभिलेख राख्न छुटेको हुन सक्ने भएकाले छुटेकाहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न उहाँको आग्रह छ ।
राहत नपाएकालाई प्रमुख जिल्ला अधिकारीले मूल्यांकन गरी तत्कालका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने प्रवक्ता ढकालले बताउनुभयो । यस्तै गृह मन्त्रालयले बाढी पहिरोको जोखिममा परेका जिल्लामा पूर्व तयारीका लागि पनि रकम पठाएको जनाएको छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top