काठमाडौं,
असार २८ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले
आफ्नो तेस्रो खेलमा सोमबार आयोजक आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बेलुका सात बजेपछि
आयरल्याण्डको बेलफस्टमा हुनेछ । समुह
एमा रहेका नेपाल र आयरल्याण्ड दुवै सोमबारको खेलमा जित निकाल्दै आफूलाई
समुहको शीर्ष स्थानमा राख्ने दाउका साथ मैदान उत्रने छन् । दुई खेलबाट ४
अंक जोडेको आयरल्याण्ड अहिले समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक
जोडेको नेपाल दोस्रो स्थानमा छ ।
आयरल्याण्डले आइतबार भएको दोस्रो खेलमा
अमेरिकालाई ४६ रनले हराउँदै पहिलो स्थानमा उक्लिएको हो । आयरल्याण्डले
पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । नेपालले
भने पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको
दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले नामिबियासँग अंक बाँडेको
थियो ।
साभार : उज्यालो अनलाईन
Post a Comment