४ साउन, काठमाडौं । देशमा बेरोजगारको सङ्ख्या उल्लेख्य मात्रामा रहेपनि सरकारी तथ्याङ्कले भने जम्मा पाँच हजार दुई सय ७६ जना नेपाली मात्रै बेरोजगार रहेको देखाएको छ ।
rojgarआर्थिक वर्ष २०७१/०७२ को मन्त्रालयगत प्रगति विवरणअनुसार श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रोजगार सूचना केन्द्रहरूबाट जम्मा पाँच हजार दुई सय ७६ जना बेरोजगारको तथ्याङ्क संकलन गरिएको जनाइएको छ ।
राष्ट्रिय रोजगार नीति, २०७१ तयार भएपछि गत वर्ष चैत १५ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत भएको प्रगति विवरणमा उक्त कुरा उल्लेख छ ।
सीप विकास तालिम केन्द्रले वैदेशिक रोजगारीमा जाने र स्वदेशमा काम गर्ने व्यक्तिलाई लक्षित गरी आधारभूत तथा सीप अभिवृद्धि र महिला आवासीय तालिम गरी चार हजार ६ सय १० र स्नातक तालिमसमेत गरी नौ हजार आठ सय २५ जनालाई तालिम दिएको प्रगति विवरणमा उल्लेख छ ।
नेपालीहरू वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकमध्ये कतार, जापान, दक्षिण कोरिया, बहराईन र दुवई (यु्एई) सँग श्रम सम्झौता भइसकेको तथा मलेसिया, साउदी अरब, कुवेत, ओमन र ईजरायलमा श्रम सम्झौताको लागि मस्यौदा तयार भइसकेको पनि मन्त्रालयले तयार पारेको प्रगति विवरणमा उल्लेख छ ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत तीन वटा ऐन तयार भएपनि पारित हुन भने सकेका छैनन् ।
श्रम ऐन र एकीकृत सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भई सम्पादनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका क्रममा रहेको श्रम मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । रासस

Post a Comment

 
Top