प्रेमनारायण आचार्य
 अर्घाखाँची २४ असार ।   डिभिजन सहकारी कार्यालय कपिलवस्तु र साथी वचत तथा ऋण सहकारी संस्था सन्धिखर्कको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कमा  छ दिने  सहभागितात्मक लेखापालन तालिम सुरु भएको छ । जिल्लाका विभिन्न सहकारीका २५ जना तालिममा सहभागि छन् ।

    तालिमको उद्घाटन गर्दै   उद्योग वाणिज्य संघका जिल्ला महासचिव नेत्र प्रसाद भुसालले जिल्लामा सहकारीको विकासले फड्को मार्दै गरेको भन्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा  जोड दिए । उनले सहकारीमा लेखापालन सम्बन्धी ज्ञान आत्यावश्यक भएकोले तालिमको आयोजना गरेर ज्ञान दिलाउनु प्रशंसनिय काम भएको बताए ।

    डिभिजन सहकारी कार्यालय कपिलबस्तुका पूर्व प्रमुख रामनरेश पाण्डेले तालिमको सहजिकरण गर्ने छन् । उट्घाटन शत्रमा बोल्दै उनले सहकारीको मर्म र भावना अनुसार काम गर्न जिल्ला स्थित सहकारीका प्रतिनिधिहरुलाई आग्रह गरे ।  सहकारीको विनियमलाई वेनियम बनाउनु  नहुने भन्दै सहकारी राम्रो हुनु÷नहुनुमा सञ्चालकहरुको काममा भर पर्ने बताए । उनले आर्थिक कारोवारको सहि ढंगले अभिलेख राखेमा मात्र सहकारीको काम प्रभावकारी हुने बताए ।

   साथी वचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले सहकारीका सात सिद्धान्तलाई अंगिकार गरेर मात्र कार्य सम्पादन गर्नु पर्ने बताए । उनले सहकारीको सबै भन्दा महत्वपूर्ण पक्ष लेखा भएकाले लेखा चुस्तदुरुस्त राख्नका लागि तालिमको आयोजना गरिएको बताए ।

  उद्घाटन शत्र साथी वचतका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मीनारायण चुँदालीको स्वागत मन्तव्य र ऋण उपसमितिका संयोजक कृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 

Post a Comment

 
Top