काठमाडौँ, ४ साउन । गृहजिल्ला नुवाकोट जाँदै गरेका अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको छ । सोमबार बिहान १० बजे नुवाकोटको ढिकुरेस्थित गणेशस्थानमा अर्थमन्त्री चढेको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको हो । पेट्रोल बम प्रहार भए पनि अर्थमन्त्री र उहाँको टिम सुरक्षित रहेको उहाँको सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री महतको टोली संविधानको मस्यौदामाथि राय संकलन गर्न दुई वटा गाडीमा गृह जिल्ला जाँदै थियो । आक्रमणकारीको पहिचान हुन सकेको छैन ।

Post a Comment

 
Top