असार २७ – घरेलु मैदानमा जारी ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट क्रिकेट प्रतियोगिताको समुह ए मा आएरल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा अमेरिकालाई ४६ रनले पारजित गर्दै आएरल्याण्ड २ खेलमा ४ अंकका साथ समुहको शीर्ष स्थानमा उक्लिएको हो ।
आएरल्याण्डले दिएको १ सय ४७ रनको लक्ष्य लिएर मैदान उत्रेको अमेरिका १६ दशमलब ३ ओभरमा मात्र सय रनमा अल आउट भयो । अमेरिकाका कुनैपनि खेलाडीले २० रनको आकडा छुन सकेनन् । यसअघी टस हारेर पहिले ब्याटिङ्ग गरेको आएरल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । आएरल्याण्डका लागि एण्डी बाविराइनले सर्वाधिक ४४ रन बनाए ।
खेलेका दुवै खेलमा विजयी भएको आएरल्याण्ड नेपाललाई पछि पार्दै समुह ए को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ३ अंक जोडेको नेपाल समुहको दोश्रो स्थानमा झरेको छ । दुवै खेलमा पराजित अमेरिका भने विना अंक पुछारबाट दोश्रो स्थानमा रहेको छ ।

Post a Comment

 
Top