काठमाडौं, असार २७ – व्यवस्थपिका–संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले जनकपुरको जानकी मेडिकल कलेज संचालकलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितीको आजको बैठकले कलेजका संचालकलाई १० दिनभित्र कारबाही गरी विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गर्न शिक्षा मन्त्रालय, चिकित्साशाीत्र अध्ययन संस्थान आइओएम र मेडिकल काउन्सिललाई निर्देशन दिएको हो ।
कलेजमा १० महिनादेखि पठनपाठन ठप्प हुँदा त्यहाँ अध्ययनरत ३ सय १७ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । समितीले देशका सबै मेडिकल कलेजको सम्बन्धन र सञ्चालन प्रक्रियामा देखिएका समस्याको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ । 

Post a Comment

 
Top