बुटवल, असार २८ – रुपन्देहीमा प्रहरीले लागु औषध तौल गर्ने मेसिन सहित कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालीका ड्राइभरटोलका ३७ वर्षका बलवहादुर सुनार, गजेडी–१ लौसाका २२ वर्षका किरण श्रीस र सैनामैना–१२ का २८ वर्षका दीपक प्रधान रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले लागु औषध खैरो हिरोइन र लागु औषध तौल गर्ने मेसिन पनि बरामद गरेको छ । लागु औषध सेवन गरेका सैनामैना कलौनीका भुवन बेल्वासे र गणेस थापा मगर पक्राउ परेपछि सोधपुछका क्रममा कारोबारमा संलग्न तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top