सर्लाही, साउन ३ - 
स्थानीय स्तरबाटै वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सर्लाहीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । सामी परियोजना अन्तर्गत रेडियो कार्यक्रम परदेशका कुराका लागि गठन भएका स्रोता क्लवको सक्रियतामा केन्द्र गठन गरिएको हो ।

केन्द्रले अहिले न्युन लागतमा कामदारलाई विदेश पठाउने सरकारको निर्णय कार्यान्वयन गराउन दवावमुलक कार्यक्रम गर्ने जनाएको छ । निर्णय कार्यान्वयन गराउन माग गर्दै केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र पनि बुझाएको छ । विदेशबाट फर्किएकाहरु केन्द्रमा आवद्ध भएर आप्रवासी कामदारको मुद्दा मिलाउन पनि जुटेको केन्द्रले जनाएको छ । केन्द्रले स्थनीयस्तरमा मुद्धाहरु मिलाउने, अवैधानिक भएर बसेका फर्काउन पहल गरिरहेको छ ।
यसै क्रममा अध्यागमन विभागको लापरवाहीले विना श्रम स्वीकृति विदेश पुगेका सर्लाहीको लक्ष्मीपुरका अकलेश ठाकुरको ज्यान जाँदा  परिवारले क्षतिपूर्ति नपाएको भन्दै केन्द्रले अध्यागम विभाग विरुद्ध अख्तियारमा मुद्दा गरेको केन्द्रका अध्यक्ष रामनाथ साहले जानकारी दिनुभयो । 

Post a Comment

 
Top